
काठमाण्डु, १ असोज- नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय संगम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।
‘नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्,’ उनले भने ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए ।