काठमाण्डु, १ असोज–काठमाण्डु महानगरपालिकाले ऋषि पञ्चमीका दिनसार्वजनिक बिदा नरहेको जनाएको छ ।
महानगरले सोमबार सूचना निकालेर मंगलबार बिदा नरहेको जनाएको हो । महानगरबाट प्रकाशित भित्ते पात्रोमा ऋषि पञ्चमीका दिनअसोज २ गते बिदा उल्लेख रहेको भए पनि उक्त दिन बिदा नरहेको महानगरले स्पष्ट गरेको हो ।
भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन महिला कर्मचारीहरूलाई बिदा उल्लेख थियो ।
आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईद्वारा हस्ताक्षरित सूचनामा ऋषि पञ्चमीमा बिदा नरहेको उल्लेख छ ।