काठमाण्डु, १ असोज– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा उनीहरुबीच भेटावार्ता भएको हो । प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाका बाँकी काम, जलवायु परिवर्तनको प्रभाव,
विकास, आपसी सहकार्य र साझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको बताइएको छ ।
राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रचण्ड शनिबार अमेरिका गएका थिए ।
प्रधानमन्त्रीले आगामी ४ असोज मा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रचण्ड ५ असोजमा न्यूयोर्कबाटै चीन भ्रमणमा जानेछन् ।