दुर्गा प्रसाईसँग रकम मागिएको प्रकरणः रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

काठमाण्डु टुडे २०८० भदौ २७ गते १४:२० मा प्रकाशित

काठमाण्डु, २७ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुर्गा प्रसाईसँग दुई करोड रकम माग गरेको विषयमा केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन गर्ने भएको छ ।
महासचिव मुलुक ढकालले बुधबार विज्ञपित जारी गर्दै थापामाथि अनुसन्धान थालिएको बताए । रास्वपाले बर्खास्तीमा परेका सांसद ढाकाकुमार श्रेष्ठको एक टेलिभिजन अन्तर्वार्ताका आधारमा थापमाथि छानबिन अघि बढाएको हो । स्वास्थ्यमन्त्री बन्न सभापति लामिछानेको ‘कोर टिम’ ले दुई करोड मागेको भन्दै ढाकाकुमारले मेडिमल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएको थियो । सोही कारण रास्वपाले ढाकाकुमारलाई सांसदबाट हटाएको थियो । अन्तर्वार्तामा श्रेष्ठले आफूले त्यतिबेला भनेको ‘कोर टिम’ को सदस्थ थापा भएको बताएका छन् ।

महामन्त्री ढकालले केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा त्यस विषयमा छलफल भएको बताए ।

‘यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ’, ढाकालले विज्ञप्तिमा भनेका छ्न ।
रास्पवाले विज्ञप्तिमा बिनाआधार र बिनाप्रमाण पार्टीबारे फैलाइएका सूचनाबाट भ्रममा नपर्न आग्रह गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घन्टाभित्र कारवाही गरिने ढकालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us