
काठमाण्डु, २७ भदौ– दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्दै नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन् ।
जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार बिहान नेपाल आएका हुन् । त्यसअघि घुम्न अष्टे«लिया गएका कान्छा छोरा सुहाङ गएराति नै गएराति आइपुगेका थिए ।
नेपालमै कानून व्यवसायमा सक्रिय सुहाङ २२ दिनका लागि घुम्न गएका थिए । उनी गएको १५औं दिनमा नेम्वाङको निधन भएको उनका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए ।
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले कार्यालय च्यासलबाट बालुवाटारस्थित निवासमा लैजाने तयारी छ ।
उनको राष्ट्रिय सम्मानसहित बिहीबार बिहान ११ बजे अन्त्येष्टि गरिने छ । सरकारले नेम्वाङको निधनमा भोलि सार्वजनिक बिदा भएको छ ।