
एजेन्सी– भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ महिला र ५ पुरुष छन् । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् ।
गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुरमा ठक्कर दिएको त्यहँको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीय हन्तरा पुलमा बिग्रिएर रोकिएको बसमा पछाडिबाट आएको ट्रक्ले धक्का दिएको थियो ।