
काठमाण्डु, २२ भदौ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकका लागि काम गर्न सक्ने पार्टी माओवादी केन्द्र मात्र रहेको दाबी गरेका छन् ।
ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले व्यवस्थाको रक्षामार्फत मुलुकको परिवर्तन गर्न सक्ने शक्ति माओवादी मात्र भएको बताए ।
उनले अरु पार्टीको तुलनामा माओवादीले देशमा परिवर्तन र सुशासनका लागि धेरै काम गरेको जिकिर गरे ।
‘हाम्रो पार्टी अरुभन्दा राम्रो छ । परिवर्तन ल्याउन पनि हाम्रो पार्टीले लडेको हो ।
प्रतिगमनलाई असफल पार्न पनि हाम्रो पार्टीले नै संघर्ष गरेको हो’, माओवादी वरिष्ठ नेतासमेत रहेका श्रेष्ठले भने, ‘देशमा जति सुधारको भूमिका खेल्ने पनि हाम्रो पार्टी नै हो । अहिले पनि हाम्रो पार्टीको सरकार छ र हामी प्रयत्न गरिरहेका छौं ।’
केपी ओलीले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेका बेला माओवादीकै पहलमा व्यवस्था जोगाइएको जिकिर उनको छ ।