
काठमाण्डु, २० भदै– कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले पूर्वगृहमन्त्रीबालकृष्ण खाँणलाई अदालतले रिहा गर्ने दाबी गरेका छन् । रिपोर्टस क्लबमाबुधबार आयोजित कार्यक्रममा उनले आज–भोलिमै खॅाड रिहा हुने बताए ।आफूहरुले कुरा गरिसकेको भन्दै उनले अदालतले खॅाजलाई रिहा गर्ने आदेश दिनेदाबी गरे ।
‘आज भोलिमा अदालतले उहाँलाई न्याय दिन्छ । धेरै मान्छेसँग कुरा भएको छ,’ यादवले भने, ‘सबले भनेको बालकृष्ण खाँण निर्दोष छ ।खाँणको खातामा अस्वभाविक तरिकाको रकम नदेखिएको उनले बताए । ‘उहाँको पालामा नक्कली वा सक्कली एक जना पनि नेपालीवा भुटानी अमेरिका गएका छैनन्,’ यादवले भने, ‘जसले हस्ताक्षर ग–यो, त्यो बाहिर छ । जसको हस्ताक्षर नै छैन त्यो भित्र छ । रिपोर्टर्सक्लबको कार्यक्रममा बोलेर बाहिरिने क्रममा यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो । खुकुरी हान्ने विदुर नगरपालिका–७नुवाकोटका ४८ वर्षीय श्यामबहादुर सापकोटा पक्राउ परेका छन् ।