
काठमाण्डु, १६ भदौ– एमाले महासचिव शंकर पोखरेलले विदेशी शक्तिले एमालेलाई सरकारको नेतृत्व गर्न नदिएको दाबी गरेका छन् ।
पार्टीको लुम्बिनी प्रदेश अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै पोखरेलले निर्वाचनबाट पहिलो शक्तिमा रुपमा एमाले आएको जिकिर गरे ।
तर, विदेशी शत्तिलको इशारामा नाच्नेहरुले सरकारको नेतृत्व गर्न नदिएको आरोप लगाए । पार्टी नेता कार्यकर्ताको जम्बो टोलीको नेतृत्व गरेर चीन उड्नुभन्दा केही घण्टाअघि पोखरेलको यस्तो अभिव्यक्ति आएको हो ।
उनले विदेशी शक्तिको इशारामा नाचिरहेको वर्तमान सत्ता गठबन्धनलाई हराएर अर्को निर्वाचनमा एक्लै बहुमत ल्याउने दाबी उनको थियो ।
एमालेलाई कमजोर बनाउन पार्टीभित्र मनमुटाव र विवाद रहेको हल्ला चलाइएको पोखरेलले उल्लेख गरे । अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एकढिक्का रहेको र कसैले चाहेर पनि एकता कमजोर पार्न नसक्ने बताए ।
पोखरेलले एमाले फुटाउने र कमजोर बनाउने सपना नदेख्न भने । एमाले कमजोर बनाउन खोज्नेहरुको सपना कहिल्यै पूरा हुँदैन’, पोखरेलले भने, ‘एमाले केपी ओलीको नेतृत्वमा एक ढिक्का छ ।’
उनले माओवादीसहित अन्य कम्युनिष्ट पार्टीमा रहेका मुलकको पक्षमा भएका नेता कार्यकर्तालाई एमालेमा समाहित हुन अपिल पनि गरे ।