काठमाण्डु, १६ भदौ– सत्तारूढ नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ तीन महिने अभियान आजदेखि सुरु हुँदैछ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडाबाट भर्चुअल माध्यमबाट अभियानको घोषणा गर्दैछन् ।
आठ लाख पार्टी सदस्य पुर्याउने लक्ष्यसहित माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु र्ग लागेको हो ।
अभियानका लागि माओवादीले पदाधिकारीसहित केन्द्रीय सदस्यलाई पालिका र वडासम्मको जिम्मेवारी दिएको छ ।
अभियानमार्फत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य लिइएको शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख अग्नि सापकोटाले बताए ।
तेस्रो साता सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले रूपान्तरण अभियान घोषणा गरेको थियो ।