मोबाइल चलाउन नपाएको झोकमा घर छाडेर हिंडेकी बालिका बलात्कृत

काठमाण्डु टुडे २०८० भदौ १५ गते १९:५८ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– सुर्खेतमा एक बालिकालाई अटो रिक्सा चालकले बलात्कार गरेका छन् ।

बलात्कार आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाही पक्राउ परेका छन् । उनले दैलेखकी १५ वर्षीया ६४ वीरेन्द्रनगर (नाम परिवर्तन) लाई रिक्साबाट होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरी प्रवक्ता लक्ष्मण शाहीले बेसारिसे अवस्थामा सडकमा रहेकी बालिकालाई उठाए होटलमा लगी बलात्कार गरेको बताए । पीडकले बलात्कारबारे कसैलाई बताए ज्यान मार्ने धम्की दिएको पनि उनले जनाए । एसईईमा अनुत्तीर्ण भएकी ती बालिका ग्रेड वृद्धि परीक्षाको तयारीका क्रममा सुर्खेमा रहेको प्रहरीले बताएको छ ।

बालिका परिवारले मोबाइल चलाउन नदिएको झोकमा २ भदौमा घरबाट भागेर सुर्खेतस्थित फुपुको आएकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।

फुपुको घर नचिनेर साँझको समयमा सडकमा भौंतारिएकी बालिका देखेर रिक्सा चालक शाहीको मनमा पाप चलाएको प्रहरीको भनाइ छ । फुकुको घर लगिदिने भन्दै धेरैबेर वीरेन्द्रनगर बजार घुमाएपछि शाहीले वीरेन्द्रनगर–६, शनिहल लाइनस्थित एक लजमा लगेर बलात्कार गरेको खुल्न आएको छ । होटल सञ्चालकका अनुसार शाहीले आफ्नो नाम सुरेन्द्र थापा र ठेगाना गोरखा टिपाएका थिए ।

बालिकालाई उनले आफू डन भएको र भनेको नमाने मारिदिने धम्की दिएर बलात्कार गरेको पीडितले बताएकी छन् । राति र बिहानसमेत गरी पटकपटक बलात्कार गरेपछि तीन भदौमा शाहीले बालिकालाई सडकमा लगेर छाडिदिएका थिए । उनको स्वास्थ्य एकदमै खराब थियो । सडकमा भौंतारिएर हिंडिरहेका बेला एक परिचित महिलाले उनलाई उद्धार गरी घर लगेकी थिइन् ।

पीडितका बाबुले घटनाबारे ११ भदौमा मात्र जानकारी पाए । उनले १२ भदौमा सुर्खेत आएर प्रहरीमा उजुरी दिए । प्रहरीले १३ भदौमा बलात्कार अभियुक्त शाहीलाई पक्राउ गरेको थियो ।

डिएसपी शाहीले पीडकविरुद्ध अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us