
काठमाण्डु, १५ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष रहेको दाबी गरेका छन् ।
समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभामा प्रचण्डले माधव नेपाल निर्दोष साबित भएको बताए । ‘माधवजीको बारेमा प्रश्नहरु उठे ।
पहिलोचोटी उहाँ निर्दोष हो भन्ने साबित भयो’, उनले भने, ‘अब अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निर्दोष साबित गरेर मुद्दा चलाउनुनपर्ने निर्णय गरेको उनको भनाइ थियो ।
माधव नेपाल निर्दोष साबित भएसँगै आफ्नो टेन्सन हटेको बताए । ‘माधवजीलाई मात्र होइन, मलाई पनि टेन्सन थियो’, ‘अब त्यो स्थिति रहेन ।’
सरकार निर्दोष नफसुन् र दोषी नछुटुन भन्ने मान्यतामा सरकार रहेको बताए । फरक प्रसंगमा उनले आफू संलग्न भए पनि नछोड्न भनेको जानकारी दिए ।
‘दोषी छ भने माओवादी, कांग्रेस, एमाले समाजवादी कोही नछुटुन्, निर्दोष कोही नपुरुन्’, उनले भने ।