
ekhar काठमाण्डु, १५ भदौ– कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्।
दमौलीस्थित बीपी स्मृति भवनमा शुक्रबार आयोजित कार्यक्रममा कोइरालाले सबै एकताबद्ध भएर आक्रमणलाई परास्त लाग्नुपर्ने बताए ।
‘सबै तवरबाट काँग्रेसबाट आक्रमण भएको छ’, उनले भने, ‘यसलाई परास्त गर्न सबै एकढिक्का हुनुपर्छ ।’ देशको आर्थिक, धार्मिक, सांस्कृतिक र अब कूटनीतिक क्षेत्रमा समेत कतै ठीक नभएको दाबी उनले गरे ।
काँग्रेस नेतृत्वमा सरकार नबनेसम्म यस्ता समस्या समाधान हुन कठिन हुने कोइरालको तर्क छ । कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी तयारी गर्नुपर्नेमा जोड दिए ।