कोशी प्रदेश सरकारविरुद्धको मुद्दा न्यायाधीश खतिवडाले हेर्न मानेनन्

काठमाण्डु टुडे २०८० भदौ १५ गते १४:०८ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– न्यायाधीश ईश्वर खतिवडाले मुद्धा हेर्न नमानेपछि कोशी सरकारविरुद्धको रिटमा शुक्रबार सुनुवाई हुन सकेन ।

उक्त मुद्धाको सुनुवाई खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो ।

खतिवडाले आफूले यसअघि नै अन्तरिम आदेश दिइसकेकाले मुद्धा हेर्न नमिल्ने बताएछि पेशी सरेको हो । खतिवडाले एकल इजलासले ७ भदौमा सभाको अध्यक्षता गरेका सदस्यले समेत मत दिएर काँग्रेस नेता उद्धव थापा नेतृत्वका गठित प्रदेश सरकारलाई असंवैधानिक भन्दै दिर्घकालीन महत्वका निर्णय नगर्न आदेश दिएको थियो ।

४ भदौमा प्रदेशसभामा मुख्यमन्त्री चयनका लागि भएको मतदानमा बैठकको अध्यक्षता गरेका काँग्रेसका इस्राइल मन्सुरीले मत दिएका थिए । अध्यक्षता गरेका मन्सुरीले समेत मत दिएर गठित सरकार खारेजीको माग गर्दै ६ भदौमा एमाले प्रदेश संसदीय दलका नेता हिक्कम कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us