
भोजपुर, १५ भदौ– भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले आज बिहान १ः११ मा ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । पछिल्लोपटक गत
साउन ३२ मा बझाङको खिराताडी आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पीय जोखिम क्षेत्रका रूपमा लिइन्छ ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर स–साना भूकम्पहरू गइरहेका छन् ।