आज समाजवादी मोर्चाले पोखरामा सभा गर्दै

काठमाण्डु टुडे २०८० भदौ १५ गते ८:०६ मा प्रकाशित

पोखरा,  १५ भदौ– समाजवादी मोर्चाले आज पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा गर्दैछ ।

सभालाई मोर्चा आवद्ध दलका शर्षि नेताहरु प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बधोन गर्ने कार्यक्रम छ ।

यसअघि मधेश प्रदेशको वीरगञ्ज, लुम्बिनीको बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा मोर्चाले सभा गरिसकेको छ । यसैबचि मोर्चाको गण्डकी प्रदेश संयोजन समिति गठन गरिएको छ ।

समितिमा मोर्चा आवद्ध चार दलका तीनतीन जना सदस्य छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us