भोलि काठमाण्डु र ललितपुरका यी स्थानमा साढे ८ घण्टा विद्युत अवरुद्ध हुने

काठमाण्डु टुडे २०८० भदौ १५ गते ७:५९ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– उपत्यकाका विभिन्न स्थानमा भोलि शनिबार ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै काठमाण्डु र ललितपुरका विभिन्न क्षेत्रमा साढे ८ घन्टा विद्युत अवरूद्ध हुने पूर्वजानकारी दिएको हो ।

टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले कारण उक्त सबस्टेसनसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने सूचनामा जनाइएको छ ।

प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुनेछ ।

यद्यपि वैकल्पिक व्यवस्थाबाट सबै फिडरमा नियमित विद्युत आपूर्तिको प्रयास हुने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us