
काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
खड्काको स्वास्थ्य अवस्था बुझ्न सुर्खेतबाट राजधानी फर्केलगत्तै प्रधानमन्त्री सैनिक अस्पताल पुगेका थिए । प्रचण्डले खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएका छन् ।
स्वास्थ्यमा समस्या भएपछि खड्कालाई बिहीबार छाउनी अस्पताल लगिएको थियो । खड्काको प्रोस्टेडको बिहीबारै शल्यक्रिया गरिएको उनका प्रेस सल्लाहकार डिपी उपाध्यायले जानकारी दिए ।