पाँच लाख अवैध भारतीय रुपौयाँसहित युवक पक्राउ

काठमाण्डु टुडे २०८० भदौ १४ गते १९:३८ मा प्रकाशित

कैलाली, १४ भदौ– श्रोत नखुलेको करिब पाँचलाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–१ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरूवालाई अवैध भारतीय रकमसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खानतसाली गर्दा तिरुवाको घरबाट चार लाख ७४ हजार पाँच सय भारतीय रूपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालयका मालाखेतीका प्रमुख डीएसपी गणेश बरालले जानकारी दिए ।

बरालका अनुसार तिरुवाको घरबाट करिब ३ सय ग्राम लागुऔषध खैरो हेरोइनसमेत बरामद गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us