रक्षामन्त्री खड्काको सैनिक अस्पताल छाउनीमा अपरेशन

काठमाण्डु टुडे २०८० भदौ १४ गते १९:२० मा प्रकाशित

तस्बिरः सभापति खतिवडाको ट्विटबाट

काठमाण्डु, १४ भदौ– उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का अस्वस्थ भएका छन् ।

खड्काको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । काँग्रेस सांसद एवं प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले खड्काको गएराति पोस्टेडको शल्यक्रिया गरिएको र अहिले स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिए । उनका अनुसार आइतबारसम्म स्वास्थ्य लाभ गरी खड्का नियमित काममा फर्कने छन् ।

खतिवडाले बिहीबार अस्पताल पुगेर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यस क्रममा खड्काले आफू मन्त्री रहेको संस्थाको मातहत सञ्चालित अस्पतालमा उपचार गराउन पाएकामा प्रशन्नता व्यक्त गरेको उनले बताए । यस्तै आफ्ना विभागीय मन्त्रीको शल्यक्रिया गर्न पाएकामा सैनिक अस्पतालका डाक्टरहरु पनि खुसी रहेको उनको भनाइ थियो ।

‘मैले उपप्रधानमन्त्रीज्यूलाई भेटें, सबै राम्रो छ । आफ्नो विभागीय मन्त्रालयअन्तर्गतको संस्थाले सञ्चालन गरिरहेको अस्पतालमा उपचार गराउन पाएको र संस्थाको विश्वसनीयता बढेकामा खुसी हुनुहुन्छ’, उनले भने, ‘विभागीय मन्त्रीको सफल शल्यक्रिया गरेर स्वास्थ्य लाभ गराउन पाउँदा डाक्रहरु पनि खुसी हुनुभएको छ ।’

स्वास्थ्यमा समस्या देखिएपछि अड्कालाई बुधबार सैनिक अस्पताल भर्ना गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us