प्रचण्डलाई माधव नेपालको ढाडसः कुनै देशी विदेशीले यो सरकार ढाल्न सक्दैन

काठमाण्डु टुडे २०८० भदौ १४ गते १६:१५ मा प्रकाशित

सुर्खेत, १४ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार ढल्छ कि भन्ने चिन्ताबाट मुक्त हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गेरका छन् ।

समाजवदाी मोर्चाले बिहीबार सुर्खेतमा गरेको कार्णाली प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै नेपालले देशी वा विदेशी कुनै पनि शक्तिले वर्तमान सरकार ढाल्न नसक्ने बताए । राम्रो उद्देश्यका निम्ति वर्तमान सरकार बनाएको र सरकारले राम्रो काम गरिरहेको उनको भनाइ थियो ।

‘यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस्’, प्रधानमन्त्रीको नाम लिँदै उनले भने, ‘कसैलाई ढलोस् भन्ने लागेको छ भने असिन–पसिन हुन दिनुस् ।’

सामाजवादी मोर्चाको अध्यक्षसमेत रहेका नेपालले सरकारमा रहेका कम्युनिष्ट धारका दलहरु मिल्दा काँग्रेस झस्किनुपर्ने कारण नरहेको स्पष्ट गरे । एकता दर्ता कोही दुःखी हुन नहुने नेपालकोे भनाइ थियो । ‘कसैकसैलाई एकता पचेको छैन’, उनले भने,‘एकतालाई सबैले राम्रो मान्नुपर्ने हो ।’ प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध चालेको कदममा सत्तारुढ दलहरूको ऐक्यबद्धता रहेको नेपालले बताए । प्रधानमन्त्रीले भ्रष्टाचारमा संलग्न आफ्नै पार्टीका नेताहरुलाई पनि छानबिनको दायरामा ल्याएको भन्दै प्रशंसा गरे ।

नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट आर्थिक सहयोग मात्र भएकाले अन्यथा ढंगले सोच्न नहुने बताए । ‘एमसीसी विशुद्ध आर्थिक सहयोगको कार्यक्रम हो’, उनले भने, ‘ आर्थिक सहयोग स्वीकार गर्नुपर्छ । विदेशी पुँजी दिन्छ भने स्वागत गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us