चुच्चे नक्साबारे चीनको धारणा सोधिन्छः सरकार

काठमाण्डु टुडे २०८० भदौ १४ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– सरकारले चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा सरकारले उसको धारणा माग गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा जानकारी लिइने बताइन् ।

उनले नेपालको संसदले सर्वसम्मत पारित गरेको नक्सा सबैले स्वीकार गर्नुपर्ने बताइन् ।

‘चुच्चे नक्सा नेपालको आधिकारिक नक्सा हो’, उनले भनिन्, ‘चीनले आफ्नो नक्सा जारी गर्दा किन छुटाएको हो तत्काल कूटनीतिक माध्यमद्वारा सरकारले सत्यथत्य बुझ्छ ।’

चीनले केही दिनअघि जारी गरेको नक्सामा छिमेकी देशको नक्सा पनि राखेको छ । तर, नेपालको चुच्चे नक्सा नभई पुरानै नक्सा देखिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us