डोल्पामा हराएका आर्मीका मेजर खोज्न गएको टोलीले महिलाको शव भेट्यो

काठमाण्डु टुडे २०८० भदौ १४ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– डोल्पामा चार दिनदेखि हराईरहेका सैनिक मेजर विमल पण्डितको खोजीको गएको प्रहरी र सेनाको टोलीले महिलाको शव फेला पारेको छ ।
मेजर खोज्न गएको प्रहरी र सेनाको टोलीले रुकुम र जाजरकोटको सिमाना मा पर्ने माथिल्लो भेरी किनारमा महिलाको बेवारिसे शव फेला पारेको हो । लाश हिजो बिहान फेला परेको हो ।

शवको पहिचान खुल्न बाँकी रहेको डोल्पा प्रहरीले जनाएको छ । आइतबार साँझदेखि हराइरहेका नन्द बक्स गुल्ममा गुल्मति पण्डितबारे राज्य संयन्त्रले कुनै सूचना पाउन सकेको छैन । मेजर पण्डितको मोबाइल लोकेशनका आधारमा उनी आइतबार साँझ त्रिपुरासुन्दरीमा देखिएका थिए ।

त्यसपछि मोबाइल लोकेशस ट्रयाक भएको छैन । उनको खोजीमा डोल्पासहित छिमेकी जिल्लाहरु रुकुम, जाजरकोट, कालिकोट र जुम्लाबाट समेत प्रहरी, सेना, सशस्त्र प्रहरी र गुप्तचर खटिएका छन् । प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले पण्डितको खोजी जारी हरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us