कमलविनायक–रत्नपार्क रुटमा चल्ने बसमा आजगनी

काठमाण्डु टुडे २०८० भदौ १४ गते १०:२५ मा प्रकाशित

चितवन, १४ भदौ– भक्तपुरमा एउटा सार्वजनिक बसमा आगजनी भएको छ ।

ठिमी नगरपालिका–४ चारदोबाटो चोक नजिकै सडक किनारामा पार्किङ गरेर राखिएको ख्वपः प्रालिको बा४ख ६६६९ नम्बरको बसमा बिहीबार बिहान सबा ३ बजेतिर आगजनी भएको प्रहरीले जनाएको छ ।

सो बस कमलविनायक–रत्नपार्क रुटमा चल्ने गर्दथ्यो । आगजनीको खबर पाएलगत्तै दमकलसहित गएको प्रहरीले आगो निभाएका थिए ।

बसमा कसले र किन आगो लगाएको हो भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us