
काठमाण्डु, १३ भदौ– प्रहरीले ६० केजी सुन तस्करी प्रकरणका मुख्य व्यक्ति मानिएका चिनियाँ मुलका बेसल्जयन नागरिक दावा छिरिङका सहयोगीलाई भारतबाट पक्राउ गरेर ल्याएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका किशोर बस्नेत छन् । उनलाई भारतको राजधानी नयाँदिल्लीबाट पक्रेर काठमाण्डु ल्याइएको केन्द्रीय अनुसन्धान ब्युरो (स्आिईबी) ले जनाएको छ ।
प्रहरीका अनुसार बस्नेत दावालाई तस्करी धन्दामा सघाउने मुख्य सहयोगी हुन् । दावाले बस्नेतलाई हङकङबाट विभिन्न सामानमा राखेर सुन नेपाल पठाउने कामको जिम्मेवारी दिएका थिए ।
योसँगै उक्त सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।