यी हुन् काठेघरमा बसेको बैठकबाट एमालेले गरेका निर्णय

काठमाण्डु टुडे २०८० भदौ १३ गते १७:४० मा प्रकाशित

काठमाण्डु, १३ भदौ– सिरहाको विष्णुपुरकट्टीको सर्रे अम्बासस्थित बुधबार बसेको केन्द्रीय सचिवालय बैठकबाट एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

एमालेको २५औं २५ औं सचिवालय बैठक २०४६ साल भदौमा चौथो महाधिवेशन गरिएको काठ घरमा बसेको हो ।

एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मंसिरको तेस्रो साता कैलालीको धनगढीमा केन्द्रीय कमिटी बैठक आयोजना गर्ने र त्यसैले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म युवा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए ।

बैठकले हालै मात्र मनोनित गरिएका केन्द्रीय सदस्यद्वय केदार न्यौपाने र छक्कबहादुर लामालाई जिम्मेवारी दिएको छ ।
तत्कालीन मालेको चौथो महाधिवेशन २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म सोही काठेघरमा बसेको थियो ।

सोही महाधिवेशनबाट एमालेले माओत्सेतुङ विचारधारा विधिवत त्यागेको थियो । महाधिवेशन लगत्तै १४ भदौ २०४६ मा त्यही घरमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले मदन भण्डारीलाई पार्टी महासचिवको जिम्मेवारी दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us