
काठमाण्डु, १३ भदौ– माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पुत्र राहुल महरा बयानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालय पुगेका छन् ।
महरा आफैं बनानका लागि आएको सीआईबी श्रोतले जनाएको छ । उनको नाम । दुबईबाट गत १० पुसमा मा विद्युतीय चुरोट (भेप) मा लुकाएर करिब ९ केजी सुन भित्र्याउने चिनियाँ नागरिक वाङसँग मुछिँदै आएको थियो ।
वाङ र राहुलबीच पटकपटक टेलिफोन संवाद भएको सीआइबीले सरकारी वकिललाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको थियो । महरा बाबुछोरालाई अनुसन्धानको दायरामा नल्याएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्र र बाहिरबाट समेत ठूलो दबाब पर्दै आएको छ ।
महरा आफैंले जारी गरेको विज्ञप्तिमा भन्सारले सामान नियन्त्रणमा लिएपछि वाङको आग्रहमा आफू र छोरा राहुलले भन्सार कर्मचारीलाई टेलिफोन गरी सहजीकरण गरिदिन भनेको स्वीकार गरेका छन् । तर, उक्त सामान सुन भएको बारे भने जानकारी नभएको महराले बताउने गरेका छन् ।
भेप ल्याउने वाङसहितका व्यक्तिविरुद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्धा दायर भइसकेको छ । तर, प्रहरीले उक्त प्रकरणमा महरा बाबुछोरालाई बयानमा समेत बोलाएको थिएन । भन्सार कार्यालयले नियन्त्रणमा लिएको भेप भन्सारको स्टोरबाटै गायब भएको छ ।
राहुलले सीआईबी जानुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत ठूला मिडियाले गोयवल्स शैलीमा मिडिया ट्रायल गरी हिलो छ्पाप्ने प्रयास गरेकाले अनुसन्धानमा सघाउन आफैं सीआईबीमा उपस्थित हुन लागेको जानकारी गराएका थिए ।
राहुलले पोष्टमा ‘नबिराउनु, नडराउनु भन्ने नेपाली उखान पनि लेखेका छन् ।
‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्राएल गरी हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’ उनले लेखेका छन् ।