
काठमाण्डु, १३ भदौ– नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट पक्राउ परेका छन् ।
नक्कली बाबु बनाई नेपाली नागरिकता लिन खोज्ने महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मीलाई प्रहरीले पक्राउ गरेको मो । जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेले पक्राउ परेका कुर्मीको मामाघर जिल्लाको प्रतापपुर गाउँपालिका–९ अठलैया रहेको बताए ।
उनी मामाघरमा बस्दै आएका थिए । वडाबाट जन्मदर्ता सिफारिस लिएर नागरिकताका लागि प्रहरी मुचुल्का लिन आएका बेला शङ्का लागे सोधपुछ गर्दा उनी भारतीय नागरिक भएको पुष्टि भएको पाण्डेले बताए ।
राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशङ्कर कुर्मीलाई बाबु बनाई नागरिकता लिन खोजेका थिए ।
पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी नागरिकतासम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।