
काठमाण्डु, १३ भदौ– ६० केजी सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) गणेश पौडेल नामका व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता (डिआईजी) कुबेर कडायतले पौडेल विमानस्थल भन्सारका पूर्वकर्मचारी भएको बताए ।
शाखा अधिकृत स्तरका कर्मचारी पौडेल हाल अन्यत्रै कार्यरत रहेको उनले जनाए । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
राजश्व अनुसन्धान विभागले मोटरसाइकलको ब्रेक सुभित्र लुकाएर ल्याइएको ६० केजी ७ सय १६ ग्राम सुन भन्सार पास भएर बाहिरिएपछि सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।