
काठमाण्डु, १३ भदौ– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले व्याख्यात्मक संसदले पारित गरेको १२ बुँदे घोषणालाई सम्झौताको अंग नबनाएर एमसिसी परियोजना कार्यान्वयन नहुने चेतावनी दिएका छन् ।
उक्त परियोजना आजदेखि कार्यान्वयनमा गएको छ । गुरुङले फेसबुकमार्फत बुधबार सार्वभौम संसदले जारी गरेको बुँघोषणाको अवज्ञा गरेकै हो? भन्ने प्रश्न गरेको छन् ।
‘२०७८ फाल्गुन १५ गते नेपालको संसदबाट १२ बुँदे घोषणासहित एमसिसी सम्झौताको अनुमोदन गरियो। त्यसबेला मन्त्री लगायतका प्रायः सबै नेताहरूले १२ बुँदे घोषणालाई स्वीकार गरी त्यसलाई एमसिसी सम्झौताको अंग बनाइनुपर्ने र १२ बुँदे घोषणा स्वीकार नहुँदासम्म सम्झौता कार्यान्वयन नहुने भनी संसदको रोष्टमबाट प्रतिवद्वता जाहेर पनि गरिएको थियो,’ महासचिव गुरूङले भनेका छन्, ‘तर आजसम्म अमेरिकी एमसिसी कम्पनीले औपचारिक रूपमा, लिखित रूपमा १२ बुँदे स्वीकारेको देखिएको छैन । एमसिए९नेपालले पनि १२ बुँदे शर्तबारे कुनै उल्लेख नगरी निरपेक्ष रूपमा परियोजना कार्यन्वयनको कुरा उठाइरहेको छ । माओवादी केन्द्रको प्रष्ट धारणा छ कि १२ बुँदे घोषणालाई एमसिसी सम्झौताको लिखित अंग नबनाउँदासम्म कार्यान्वयन हुन सक्दैन ।
सार्वभौम अधिकार सम्पन्न संसदले गरेको घोषणालाई अवमूल्यन गर्ने अधिकार कोही कसैलाई नभएको उनको भनाइ छ । मंगलबार मात्र नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी १२ बुँदे व्याख्यात्मक घोषणालाई स्वीकारको बताइसकेको थियो ।