बाख्राको अनुदानमा भ्रष्टाचार, मेयर र कार्यकारीविरुद्ध मुद्धा दायर

काठमाण्डु टुडे २०८० भदौ १३ गते १४:५७ मा प्रकाशित

सप्तरी, १३ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बाख्रा पालक किसानका लागि आएको अनुदान रकमम हिनामिना गरेको भन्दै अख्तियारले उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी दिएको आरोप उनीहरुमाथि लगाइएको छ ।

नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नम्बर–६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो ।

गरपालिकाले नक्कली बिल भर्पाई र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९२१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको दाबी अख्तियारको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us