लेक लागेर तीर्थालुको मृत्यु, एक तीर्थालु अचेत

काठमाण्डु टुडे २०८० भदौ १३ गते ११:३५ मा प्रकाशित

बाजुरा, १३ भदौ– बाजुराको बडीमालिका जात्रा गएका एक तीर्थालुको लेक लागेर मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अक्सिजनको कमीका कारण अचेत भएका उनलाई दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । उक्त गुल्मका  गुल्मपति मेजर धर्मेन्द्रबहादुर सिंहले धेरै प्रयास गरे पनि उनलाई बचाउन नसकिएको बताए ।

अक्सिजन अभावर्क कारण अचेत भएकी कैलाली अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहोराको भने शिविरमै उपचार भइरहेको छ ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले बोहरालाई थप उपचारका लागि सैनिक हेलिकोप्टर बोलाउने तयारी भइरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us