
स्याङजा, १३ भदौ–स्याँजामा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विरुवा गाउँपालिका– १ का २८ वर्षीय चेलिस श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ घर नजिकै गोलो पोल्न गएका बेला उनलाई अरिंगालले टोकेको थियो ।
अरिंगालको कोटाइबाट घाइते भएका श्रेष्ठको उपचारका त्रममा गण्डकी मेडिकल कलेज पोखरामा गएराति मृत्यु भएको स्याङ्जा प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।