
काठमाण्डु, १३ भदौ– सरकारले निजीकरण समितिको सदस्यमा दुई सांसदलाई मनोनित गरेको छ ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले काँग्रेस सांसद राजेन्द्रकुमार केसी र माओवादी केन्द्रका सांसद माधव सापकोटालाई मनोनित गरेको हो ।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त निर्णयबारे जानकारी दिइन् । केसी यअघि पनि समिति सदस्य थिए ।