
काठमाण्डु, १२ भदौ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिमा विश्वास गर्ने व्यक्ति भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक (२०८० माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले निष्ठाको राजनीतिबाट आफू कहिल्यै नचुकेको दाबी गरे ।
विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले विधेयकका प्रावधानमा बिचौलिया हाबी भएको आरोप लगाएपछि मन्त्री गुरुङ रिसाए । उनले सांसदका भनाइमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता आरोप नलगाउन चेतावनी दिए ।
सधैं मन्त्रीमा नरहनेबारे आफू स्पष्ट रहेको भन्दै गुरुङले निष्ठाको राजनीति नछाड्ने बताए । निष्ठामाथि आँच आएको दिन आफूले राजनीति नगर्ने घोषणा गरे । ‘बिचौलिया हाबी भएर विधेयकहरु आयो भन्ने माननीय सदस्यहरुको अभिव्यक्तिप्रति मेरो आपत्ति छ ।
धनराज गुरुङ आजको मितिसम्म कहिँ कतै चुकेको छैन’, उनले भने, ‘भोलिका दिनमा पनि चुक्दैन । निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो ।’