
काठमाण्डु, १२ भदौ– कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ चुनौती सामना गर्न तयार भएर बस्न चेतावनी दिएका छन् ।
काँग्रेस महामन्त्रीसमेत रहेका थापाले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदलाई जे गरे पनि हुन्छ भन्ने सोचबाट बबाट व्यवहार भइहरेको बताए ।
‘संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । सांसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरे पनि हुन्छ भन्ने ठानिएको छ’, उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले यी कुराहरू सामना गर्न तयार हुनुहोला ।’ आफूसँग बहुमत रहेको र सांसदहरु थपडी बजाउन आएका छ् भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई उनको आग्रह थियो ।
उनले आफूहरुलाई हेपाई सह्य नभएको टिप्पणी गरे । सरकारले मुलुकी फौजदारी संहिता संशोधनमार्फत् जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिने गरी विधेयक ल्याएकोमा थापाले आपत्ति जनाए ।
‘राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन,’ उनले भने, ‘कानूनमन्त्रीलाई आग्रह छ, २०७४ सालको नेकपा सरकारले गरेको ड्राफ्ट नबोक्नुस् ।’
सरकारले हेपेर विधेयक ल्याएको बताएका थापाले यसपटक विधेयक पारित गर्ने समयमा आफूहरु हेपिने कि नहेपिने यसपाली देखाउने चेतावनी उनले दिए ।