अदालतद्वारा इमरान खानको तीन वर्षे जेल सजाय निलम्बन

काठमाण्डु टुडे २०८० भदौ १२ गते १४:३१ मा प्रकाशित

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज भएको छ ।

इस्लामावाद उच्च अदालतले मंगलबार खानको कैद सजाय निलम्बनको फैसला गरेको हो । उच्च अदालतका मुख्य न्यायाधीश आमेर फारूक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले कैद सजाय निलम्बन गरेको हो ।

राजकीय उपहारलाई व्यक्तिगत रूपमा प्रयोग गरेको आरोपमा इस्लामावादको ट्रायल कोर्टले खानलाई तीन वर्ष कैद र ६ वर्षसम्म निर्वाचनमा उम्मेदवार बन्न नपाउने सजाय सुनाएको थियो ।

खान फैसलापछि हाल जेलमा छन् । तर, उनले आफूविरुद्ध तोकिएको सजाय खारेजीको माग राखेर उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us