
तनहुँ, १२ भदौ– नहुँमा छात्रा बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।
ऋषिङ गाउँपालिका–६ स्थित ज्यामिरेमाई आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा बलात्कार आरोपमा पक्राउ परेका हुन् ।
आफ्नै विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेकोको उजुरी परेपछि थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तनहुँ प्रहरी प्रमुख एसपी अवदेश विष्टले गत ३ भदौमा छात्रा बलात्कार गरी भागेका उनलाई सोमबार लमजुङबाट पक्राउ गरेर ल्याइएको बताए ।