
काठमाण्डु, १२ भदौ– समाजवादी मोर्चाले आज बुटवलमा जनसभा गर्दैछ ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा कार्यकारीणी सदस्य राजकिशोर यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने कार्यक्रम छ ।
अध्यक्ष यादव भारत भ्रमणमा रहेकाले सभालाई आफूले सम्बोधन गर्ने यादवले बताए । सभाको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी नेकपा एकीकृत समाजवादीले गरेको छ ।
मोर्चाको केही दिनअघि बसेको बैठकले सातवटै प्रदेशमा सन्देशसभा गर्ने निर्णय गरेको थियो ।
यस्तै मोर्चाले धनगढीमा १३ गते, सुर्खेतमा १४ गते, पोखरामा १५ गते, हेटौंडामा २३ गते र विराटनगरमा भदौ २५ गते सभा गर्दैछ ।