समाजवादी मोर्चाले पोखरामा सभा गर्ने

काठमाण्डु टुडे २०८० भदौ १२ गते ७:४६ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– समाजवादी मोर्चाले १५ भदौमा पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा गर्ने भएको छ ।

सभागृहमा हुने सभालाई प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मोर्चा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपक कोइरालाले बताए ।

उनले कार्यक्रम व्यवस्थापनको काम सुरु भइसकेको जनाए । मोर्चाले केही दिनअघि ७ वटै प्रदेशसभा सभा गर्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us