
डोल्पा, ११ भदौ– डोल्पाको दुनैस्थित नेपाली सेनाको बेस क्याम्पका गुल्मपति मेजर विमल पण्डित सम्पर्कविहीन भएका छन् ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले आइतबार साँझदेखि पण्डित बेपत्ता भएको बताए । पोखरेलले हराएका गुल्मपतिको खोजीका लागि सेना र प्रहरी खटाइएको जानकारी दिए ।
पण्डितले बडीगार्डसमेत नलिई हिंडेको उनले भनाइ थियो । प्रहरीका डिएसपी शिवकुमार बुढाथोकी नेतृत्वमा प्रहरी खटिएको उनले बताए ।