
काठमाण्डु, ११ भदौ– काठमाण्डु महानगरपालिकाभित्र बहुतले आवासीय र व्यवसायिक भवनमा सेवाग्राहीसँग सवारी साधनको पार्किङ शुल्क लिन नपाइने भएको छ ।
उच्च अदालतले पाटनले ती भवनमा पार्किङ शुल्क लिन नपाइने काठमाण्डु महानगरपालिकाको निर्णय सदर गरेको हो । उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै महानगरको उक्त निर्णय लागू हुने भएको छ ।
कम्पलेक्स डेभलपर लिजर एशोसिएनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै उच्चमा रिट दर्ता गरेको थियो ।
महानगरले आर्थिक ऐन–२०८० मा टेकेर व्यापारिक भवनहरुमा सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय गरेको हो ।