
झापा, ११ भदौ– साइकलबाट लडेर झापाको बिर्तामोडमा एक जनाको मृत्यु भएको छ ।
मृतकको पहिचान खुल्ने नसकेको झापा प्रहरीका डिएसपी खगेन्द्र रिजालले जानकारी दिए ।
बिर्तामोड मुक्तिचोक छेउको प्रसाईं सुपर मार्केट अगाडि ढलभित्र सोमबार बिहान अन्दानी ३५ वर्षका ती व्यक्ति मृत फेला परेका हुन् ।
सीसीटीभी फुटेज हेर्दा साइकलमा सवार ती व्यक्ति अनियन्त्रित भएर ढलमा लडेको देखिएको डीएसपी रिजालले बताए ।