
धरान, ८ भदौ– स्थानीय प्रशासनले सुनसरीको धरानमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
धरान प्रवेश गर्ने नाकाहरु तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटार क्षेत्रबाट प्रवेशमा रोक लगाइएको छ ।
ती स्थानमा सुरक्षा सतर्कता अपनाउनुका साथै बाक्लो सुरक्षा तैनाथी गरिएको छ । प्रहरी उपरीक्षक प्रभु ढकालले बाहिरका मानिस आएर धरानमा प्रदर्शन र आन्दोलन नगरुन भन्नका लागि नाका बन्द गरिएको हो ।
हिन्दू मन्दिर अगाडि चर्च निर्माण गरेको र गोरु काटेर मासु खाएको भन्दै हिन्दू धर्म पक्षरले अनिबार धरानमा प्रदर्शनको कार्यक्रम राखेका छन् ।
आन्दोलनको समर्थन र प्रतिकार दुवैका लागि मानिसहरु ठूलो संख्यामा बाहिरबाट समेत मानिस आउन लागेको सूचनाका आधारमा सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको हो ।
छिमेकी भारतका विभिन्न स्थानबाट समेत मानिसहरु प्रदर्शनका लागि आउन लागको सूचना प्रहरीले पाएको थियो ।