अदालतले भने पनि माधव नेपालले भ्रष्टाचार गरेको कुरा जनताले पत्याउँदैनन्ः ज्वाला

काठमाण्डु टुडे २०८० भदौ ८ गते १६:३२ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिले हडपेको प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताएका छन् ।

नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका ज्वालाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा माधव नेपालमाथि आरोप लगाएर आफ्नो दललाई पार्टी कमजोर बनाउने षड्यन्त्र भएको उल्लेख गरे ।

माधव नेपालले भ्रष्टाचार गरेको कुरा संसारले नपत्याउने दाबी गरे । ‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ’, उनले भने, ‘माधव नेपालले भ्रष्टाचार गर्यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ ?’ नेपाल समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविएको भएको दाबी उनको थियो ।

‘राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन’, ज्वालाले भने ।

अदालतले दोषी साबित गरे पनि जनताले पत्याउने अवस्था नरहेको जिकिर समेत ज्वालाले गरे ।

नेपालमाथि भ्रष्टाचार अरोाप लागे आफूहरुले प्रतिवाद गर्ने चेवावनी उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us