हर्क सम्पाङलाई व्यक्तिको जग्गामा जर्बस्ती नगर्न अदालतको आदेश

काठमाण्डु टुडे २०८० भदौ ८ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– उच्च अदालतल विराटनगरले धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जर्बजस्ती प्रवेश नगर्न आदेश दिएको छ ।

न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले व्यक्तिको जमिनमा जबर्जस्ती नगर्न आदेश दिएको हो । साम्पाङले

धरान– ४ छोटी मोरङ डाँडास्थित रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा बिरुवा रोपेका थिए ।

आफ्नो जग्गामा जबर्जस्ती बिरूवा रोपेको भन्दै अधिकारी दम्पती अदालत गएका थिए ।

यसअघि ११ साउनमा उच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न र वृक्षारोपण नगर्न आदेश दिएको थियो ।

मेयर राईले अदालतले आदेश नमान्ने बताइसकेका छन् । राईले उल्टै अधिकारी दम्पत्तिलाई कारबाही माग गर्दै प्रहरीमा उजुरी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us