
काठमाण्डु, ५ भदौ– मंगलबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक कार्यसूचीमाप्रवेश नै नगरी स्थगित भएको छ । संघीय संसद सचिवालयले सूचना टॅासेर बैठकस्थगन भएको जनाएको हो । बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगितभएको सूचनामा उल्लेख छ । शीर्ष नेताको बैठक छाडेर प्रधानन्यायाधीशको सपथग्रहण समारोहमा सहभागी हुन हिंडेका छन् । प्रधानमन्त्रीको पहलमा सोमबार बसेको राष्ट्रिय दलहरुको बैठकमा एमालेको मागअनुसार सुन तस्करी छानबिनका लागि उच्चस्तरीयसमिति गठनको सहमति भएको थियो । एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ।