मोटरसाइकल दुर्घटनामा दुई युवकको मुत्यु

काठमाण्डु टुडे २०८० भदौ ३ गते ८:२२ मा प्रकाशित

कास्की, ३ भदौ– कास्कीको रुपा गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाकाृ मृत्यु भएको छ।

प्रदेश३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशोक गुरुङको निधन भएको हो । मोटरसाइकल झण्डै सय मिटर तल खसेको थियो ।

प्रहरीले गुरुङद्वयलाई उद्धार गरी अस्पताल लगेको थियो । तर, चिकित्सकले तत्काल मृत घोषणा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us