उच्च तहका दुई चिनियाँ सुन तस्कर पक्राउ

काठमाण्डु टुडे २०८० भदौ १ गते ८:४५ मा प्रकाशित

काठमाण्डु, १ भदौ– सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गएराति दुई चिनियाँलाई पक्राउ गरेको हो । हालसम्म पक्राउ परेका मध्ये उच्च तहका तस्कर भएको दाबी सिआईबीको छ ।

यसअघि पछिल्लोपटक बिहीबार चार चिनियाँलाई पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागले गत २ साउनमा भन्सार पास भएर बाहिरिएको सुन बरामद गरेको थियो ।

मोटरसाइकलको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन जोख्दा ६० केजी कायम भएको थियो । उक्त प्रकरणमा यसअघि नै ६ जना चिनियाँ पक्राउ परिसकेका छन् । उक्त प्रकरणमा हालसम्म २३ जना पक्राउ परिसकेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us