
चितवन, ३२ साउन– आफ्नै लिङ्ग काटेका एक युवकको चितवनमा शल्यक्रिया भएको छ ।
लिङ्ग काटेर घाइते भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ७ नयाँगाउँका २२ वर्षीय युवकको भरतपुरस्थित चितवन मेडिकल कलेजमा शल्यक्रिया गरिएको हो ।
लिङ्ग चुँडिन लागेको अवस्थामा आफन्तले उपचारका लागि अस्पताल ल्याएका थिए । कलेजका निर्देशक डा। दयाराम लम्सालले लिङ्गको चुँडिन लागेको भाग फालेर शल्यक्रिया गरिएको र हाल उनको अवस्था खतरामुक्त रहेको बताए ।
काटिएको भाग जोगाउन गरिएको प्रयास सफल हुन नसकेको उनले जनाए । हेटौंडा बसपार्कको एक होटलमा लिङ्ग काटेर ती युवक आफैं उपचारका लागि हेटौंडा अस्पताल आएका थिए ।
हेटौंडा अस्पतालले त्यहाँ उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेज रेफर गरेको थियो ।